धनकुटा । धनकुटा जिल्लामा सरकारमा संलग्न रहेका थुप्रै पार्टीहरु मध्ये कांग्रेस र एमालेको मात्र दुई दलीय राजनीतिक संयन्त्र बनेको छ ।
कांग्रेस एमाले दुई दलका पदाधिकारीहरुको बैठकले नेकपा एमालेका केन्द्रिय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राईको संयोजकत्वमा ६ सदस्यीय राजनीतिक संयन्त्र गठन गरेको कुरा कांग्रेसबाट सदस्य रहेका बिजय सन्तोषी राईले बताए ।
एमालेबाट राजेन्द्र राई ,जिल्ला अध्यक्ष शिव आङ्ला र सचिव पर्शुराम नेपाल सदस्य रहेका छन भने नेपाली कांग्रेसबाट सभापति दिनेश राई, उपसभापति सुनिल डंगोल र सचिव विजयसन्तोषी राई रहेका छन् । संयन्त्रको पहिलो बैठकले जिल्लामा दुई पार्टीबीच समन्वय गरेर अघि बढ्ने निणर्य गरेको सदस्य बिजयसन्तोषी राईले बताए । स्थानीय सरकार सञ्चालनमा समझदारीपूणर् वातावरण निर्माण गरेर काम गर्ने, महत्वपूणर् विषयहरुमा साझा धारणा निर्माण गरेर अघि बढ्ने लगायत निणर्य भएको संयन्त्रका सदस्य राईको भनाई छ ।