इटहरी। छठ पर्बको निम्ति बुढी खोलमा ब्रतालुहरुले बनाएको घाटमा पुगेर भाषण गर्दै इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले इटहरी १० की गरिव सुकुम्बासीमा रहेर राम्रो अंक ल्याई डाक्टर पढन लागेकी सुभेक्षा खत्री नामक  बिध्यार्थीलाई १५ लाख दिने घोषणा गरेका छन।

मेयर पौडेलका प्रेस सल्लाहाकार धनबहादुर पुरीका अनुसार ओत लाग्ने घर नभएर इटहरी १० सुकुम्बासी बस्तीमा बस्दै आएकी सुवेक्षा खत्रीले सामुदायिक स्कुलबाट छात्रवृत्तिमा उत्कृष्टता प्राप्त गरेकी छन । 

  एमबीबीएस पढ्न नाम निकालेर  छात्रवृत्ति पाए पनि कोर्ष कम्पिलिट गर्दा सम्म थप १५ लाख लाग्ने हुंदा खत्रीले पैसाकै कारण पढन नसक्ने स्थिति पैदा भएपछि  १५ लाख रुपैयाँ उपमहानगरपालिकाले ब्यहोरि दिने मेयर पौडेलको चाहाना देखिएको हो ।

मेयर पौडेल सम्लग्न रहेको समारोहमा छैठको ब्रत सुरु हुदै गर्दा बिहिबार राती छठ घाटमा बलेको झलमल उज्यालोसंगै जेहेन्दार छात्रा सुवेक्षाको मुहारमा त्यस्तै उज्यालोले खुसी छाएको थियो ।

मेयर हेमकर्ण पौडेलले  ब्यक्तिगत ५१ हजार र बाँकी पढ्न १५ लाख उपमहानगरले दिने घोषणा गर्दाखेरी सबैजना खुशि भएका थिए । बिपन्नलाई सहयता गर्नको लागि क्वीक डिसिजन गर्न सक्ने मेयर पौडेलले गत साल इंटा जोडने मजदुर कुमार दियाली इटहरी ८का रोसन कार्कीको छतमा करेण्टले भेटी भुंइमा लडेर मृत्यु हुंदा उनकी छोरीलाई उपमहानगरपालिकामै जागिर दिएका छन।

त्यसैगरि माओबादीको आरोपमा शंकटकाल लागेकोबेला नेपाली सेनाले गोली हानेर शक्त घाइते तुल्याएपनि दर्दनाक पूर्बक बाँचेर अलपत्र जीवन जिउदै गरेका झुम्का बजारका सिपी दाहाललाई पनि जागिर दिएका छन ।

मेयर पौडेल काँग्रेस भएपनि सेवा तथा उद्धारमा कुनै राजनीतिक आस्था राखि बिभेद नगर्ने स्वभावका मेयर हुन भन्ने कुराको दह्रो प्रमाण यही हो । यस अघि माओवादी द्धन्द पीडितलाई प्रमाणको आधार पेस गरे सामाजिक स्वास्थ्य बिमामा लाग्ने पैसा निशुल्क गरि दिने घोषणा गरेका छन। तर लागु गर्न सके नसकेको थाहा पाइएको छैन ।

बिमा एजेण्ट रहेकी भटटराई थरकी स्टाफले द्धवन्द पीडित भएको थाहा पाएपनि रिन्यु गर्दा पैसा लिने र मेयर पौडेलले गरेको निशुल्क घोषणा कार्यान्वयनको सुचना आएपछि फिर्ता दिने शर्त राखेकी सम्बन्धितहरु बताउंछन । 

सुकुम्बासी वस्तीमा रहेर डाक्टर पढन योग्य बिध्यार्थी सुभेक्षा खत्री बारे पत्रकार धनबहादुर पुरीले फेसबुकमा यस्तो लोखेका छन ।“त्यो खुसीमा मेयर पौडेल र बैनी दुबै जना भाबुक बन्न पुगे ! सुकुम्बासी बस्तीमा बर्षातको झरी अनि हिउँदको कठांग्रीने जाडोको समयमा दुःख र पिडा झेल्दै आएकी सुवेक्षाको डाक्टर पढ्ने सपना पुरा हुनेछ ।

बाटो र पुल मात्र बिकास हैन भन्दै यस्ता उदाहरणीय काम गर्दैछ इटहरी सरकार । ” दया दृष्टीको निकास नै श्रृष्टीको बिकास हो । मेयर पौडेलले यस्ता कुरा बुझेरै भाषण गर्छन र जनमत बटुल्छन पनि ।