तारा पोखरेल
इटहरी । मानिसहरुको कमाइ गर्ने तरिका दलाली , ठगी , भ्रष्टाचार अनि चोरी गरि सम्पती थुपारी अन्य ब्याक्तिको नाममा राख्नेहरु जति सबै अपराधी हुन ।
यस्तालाइ ठग अपराधी भन्न कसैले पनि बाँकी राख्दैन । जानेबुझे सम्म बिगत लामो समयदेखि कानेपोखरी गाउँ पालिका देखि इटहरीमा बसार्इसराइै आए देखि एउटा सामान्य परिबारका मानिसले ब्यापारको आवारण देखाइ सोझासिधा जनता , छिमेकी आफन्त अनि सामान्य चिनजान भएकालार्इ ठगीको निसाना बनाउँछ्न ।ठगी गरेका धेरै प्रमाण पनि छ्न ।
ठगी गरेको समय लामो समय भएपनी आधिकारिक रुपमा थाहा भएको चाहिँ कानेपोखरी गाउपालिकाका केशब अधिकारिको रंगेली जाने हाइवेमा सटेको ६ कठ्ठा जग्गा विभिन्न प्रलोभन र ललाइफकाइ झापा दमकको साबिक लक्ष्मी बैकका मेनेजरसंग मिलेर व्यापार गर्न मेरो नाममा पैसा निकाल्दा बढि पैसा आउँछ भनी आफ्नो नाममा जग्गा ल्याइ व्यापार पनि नगर्ने र जग्गा फिर्ता पनि नगरी जग्गा खाएका छ्न ।
इटहरी लगाएत धेरै ठाउँका सोझा सिधा मानिसहरुलाइ निसाना बनाएर ठगिएका व्यापारीहरुबाट घर बनाउन लिएका निर्माण सामाग्रीको अझै पैसा नदिएको पिडित बताउँछ्न ।
इटहरीका कृष्ण सापकोटाको ३५ लाख बराबरको जग्गा , इटहरीकै सरस्वती अधिकारिको १५ तोला सुन १२।५ धुर जग्गा र ३ लाख रुपैया , रमेश कोराङ्ग्गिको १७ ।५ लाख रकम प्रमाणित रुपमा र मौखिक रुपमा करोडौं रकम ठगेर खाइ उल्टै मुद्दा हाल्ने ठग इटहरी क्षेत्रमा बस्ने लक्ष्मी सुवेदी र रेवती रमन सापकोटा हुन ।
यिनिहरुले ठगी गरि थुपारेको सम्पती आफ्नो नाममा केही नराखी दिदी र अन्य कसैको नाममा राखेका छ्न कि भोलि पक्राउ परे सम्पत्ति जफत नहोस भनेर । इटहरी बजारमा कामख्य फर्निचर दोकान आवारणको लागि खोलेर मुख्य काम ठगी गरेर दुनियाँकोको पैसा जग्गा सुन कब्जा गरि फिर्ता नदिने , सुन ल्याएर सुन दोकानको मिलेमतोमा बिल बिनाको सुन लुकिछिपी राख्ने अनि बेचबिखन गर्ने उनिहरुको धन्दा हो ।
पैसा नभएको चेक दिएर बैक ठग्ने अनि मुद्दा परि हारेपनी माथिल्लो अदालत गएर लामो समय अल्मल्याउने उनिहरुको पेशा नै हो । किन ठगी गरिस भनेर प्रश्न सहित आवाज उठाउनेहरुलाइ तल्लो दर्जामा उत्रिएर गाली गर्ने अनि हिस्रक जनवारले जस्तो आक्रमण गर्न खोज्ने बानी ठगहरुको छ ।
कोहि सोझा सिधाको पैसा सामान लिएर नतिरे पछि माग्दा मेरो माथिल्लो निकायमा प्रहरी प्रसासनको पहुच छ के गर्न सक्छ्स भनी धम्की दिने गर्दछन । कुनै नयाँ हाकिम आउने बितिकै त्याहा गएर चाकडिको हदै पार गरि आफ्नो नजिकको बनाउने कोसिस गर्दछ्न ।
यति ठगी गरेर पनि रेवती रमन सापकोटाको नाममा बैकिङ्ग कसुर अन्तर्गत पक्राउ पुर्जी जारी भएपनी प्रहरी पक्राउ गर्न सक्दैन र भन्छ अरु ठाउँबाट पक्राउ पुर्जी आउने बितिकै पक्राउ गर्न हाम्रो त्यही मात्र काम छ रु हाम्रो काम अरु धेरै छ ।
पक्राउ गर्न पुलिसले गर्दैन भने कस्ले पक्राउ गर्छ त रु पिडितहरु प्राय सोझासिधा छ्न । उनिहरु यस्तै यस्तै खोजी खोजी फसाउने गर्छ्न । यस्ता ठगी गर्ने ठगहरुलाइ कार्बाहिको दायरामा ल्याउनुपर्छ ।