बिराटचोक

              मङ्सिर १६ गते तोकिएको उपनिर्वाचनका लागि ग्रामथान गाउँपालिकामा नेपाली काङ्ग्रेसले अध्यक्ष पदमा बलराम सरदारलाई उम्मेदवार बनाउने भएको छ ।  काँगे्रस महाधिबेशन प्रतिनिधी भक्ति सिटौलाका अनुसार नेपाली काँग्रेस मोरङको संसदीय समिति बैंठकले सरदारलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । ने.का.जिल्ला सभापति डिगबहादुर लिम्बूको अध्यक्षतामा बिहीबार बसेको बैठकले सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको सिटौलाले बताए ।

                        काँग्रेसका पुर्बमहाधिबेशन प्रतिनिधी सरदार अहिले नेपाली काङ्ग्रेस मोरङका सल्लाहकार सदस्य रहेर काम गरि रहेको जिल्ला काँग्रेस प्रवक्ता भुवनेश्वर मण्डलले जानकारी दिएका हुन । गाउँपालिका अध्यक्षको लागि काङ्ग्रेसबाट १७ जना आकांक्षी थिए । नेकपा एमालेले  उम्मेदवार तय गरि नसकेको अबस्थामा  नेकपा माओवादी केन्द्रले पूर्ववडाध्यक्ष नमोनारायण माझीलाई उम्मेदवार बनाउने घोषणा यसअघि नै गरिसकेको छ ।  २०७९ सालको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा निर्वाचित भएका जयप्रकाश गच्छदारको हृदयघातका कारण मृत्युु भएपछि ग्रामथान गा.पा.नेतृत्व बिहिन छ ।