–लिला घिमिरे
इटहरी । नेपाल कृषि अनुसन्धान परिषद कृषि अनुसन्धान निर्देशनालय कोसी प्रदेश तरहरा नामको सरकारी कृषि फर्मले काँचुली फेर्दै गरेको अबस्थामा रहेको त्यस कार्यालयका प्रमुख डा.गोबिन्द प्रसाद तिम्सिनाले गणराज्य पत्रिकालाई बताएका छन ।
कृषि अनुसन्धानमा नेपालकै प्रथम स्थानमा रहेर काम गर्न सक्षम रहेको भन्दै डा.तिम्सिनाका अनुसार तरहरा २ नामको धानको बिउले अलग्गै चिनारी दिने अबस्था सृजना भएको छ । अनुसन्धानको निम्ति धेरै मेहिनेत गरिएको र साधनस्रोतको उपयोगमा कुनै समस्या बेगर काम अघि बढि रहेको डा. तिम्सिनाको भनाई छ ।
तरहरा कृषि फारम नामले स्थापित जोगवनी देखि चाइना सिमाना जोडने अन्तराष्ट्रिय स्तरको निर्माणाधीन हाईवेसंग जोडिएको उत्तर तर्फ रमणीय चारकोसेझाडीसंगै मलिलो र उर्बराभूमि इटहरी २ शान्तिनगर क्षेत्रको दुई सय बिग्हा जमिन ओगटेको कृषि फारमबाट बिषेश गरि अन्न जातमा धान ,गहुं, मकैको बैज्ञानिक अनुसन्धान हुने गरेको छ ।
पूर्ब पश्चिम पहाड सबै तिरका किसानहरुले उन्नत जातको बिउ खरिद गरेर लान सक्ने सरकारी कृषि फर्म तरहराको बिषेश महत्व रहेको छ । १० प्रजातीका माछा,भैंसी,सुंगुर,कुखुरा लगायत बिभिन्न पंक्षी सहित आँप लिची, कटहर लगायतका फलफुलहरुको पनि उत्पादन हुने गरेको परिषदका प्रमुख डां तिम्सिनाको भनाई छ ।
दुई सय बिग्गहा जमिन भनिएपनि झण्डै ४० बिग्हा जति जग्गा बिभिन्न नाममा काटिदै जान थालेपछि नापीले डिजिटल नक्शा बनाएर यथार्थ के हो? र कति जमिन उपयोगमा छ? भन्ने तथ्य आउन लागेको तिम्सिनिाको भनाई छ । हाइबेले गर्दा १५ बिग्हा जति जमिन घटेको ,भित्रि तहमा अनुसन्धानका बिभिन्न कार्यक्रमका निम्ति प्रयोग भएका संरचना ,बाटो,पैनी र वरपर स्थानीयले ओगटेको गरि २० बिग्हा समेत झण्डै ३५।४० बिग्हा जति जमिन घटी सकेको छ ।
समसामहिक बिषयमा कुरा हुंदा प्रमुख डा. तिम्सिनाले बताए अनुसार अहिले उपमहानगरपालिकाले सरसफाइको काम राम्रोसंग गरि दिएको छ । फोहोर जन्य प्लाष्टिक बोतल र अन्य दुर्गन्धित चीज फालेर फारम भित्रको पब्लिक हिंडनेबाटो दुबैतर्फ हेरि सक्नु थिएन। अब सफासुग्घर हुंदै छ ।
प्रदेश देखि वडा समेतसंग समन्वय गराएर कृषिफर्मलाई बताबरण मैत्री र सुन्दर पार्क जस्तो पारेर फोटो खिच्नकै लागि सबैखाले पर्यटकलाई आकर्षित गराउने योजना रहेको डा तिम्सिनाको भनाई छ ।