बिराटनगर / कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री रहेका लिाला बल्लब अधिकारीले जापानमा गैरकानूनी तरिकाले मान्छे पठाउने कामकुरामा मुछिएपछि मन्त्री पदबाट राजिनामा दिएका छन ।
सत्ताधारी पार्टी एमालेका अध्यक्ष केपी ओलीको चौतर्फी बिरोध भई रहेको बेला उनकै कार्यकर्ता तथा प्रदेश मन्त्री समेत रहेका लिलाबल्लव अधिकारी जापानमा गैरकानूनी तरिकाले मान्छे घुसाएर पैसा कमाउने चक्करमा लाग्दा मन्त्री पदै गुमाएका हुन ।
मन्त्री अधिकारीले आफनै सचिवालय सदस्य भएको नक्कली कागजात बनाएर जापान लान आफै लागि परेको प्रमाणित भएपछि मुख्यमन्त्री रहेका एमाले नेता हिक्मत कार्कीले अधिकारीलाई पद छोडन सुझाएका थिए ।
मुख्यमन्त्रीसंग कुनै सल्लाह नगरी भ्रमण मिलाएर आफुखुशि जापान जान गएकालाई मन्त्री अधिकारीलाई जापानको एअर पोर्टबाट नै डिपोर्ट गरेको खुलेको छ । अधिकारीले आफुसंगै जापान लान भनेर किर्ते कागजात बनाई तारतम्य मिलाएपछि खोटाङ घर भएका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा समेत अन्य ३ जना गरि जम्मा ६ जना कानूनको फन्दामा फसेका छन ।
त्यसरी जाने मन्त्री अधिकारी र एक महिलालाई चाही प्रहरीले खुलमखुल्ला छाडेको छ । प्रहरीले समातेर थुनेकाहरुले प्रतिब्यक्ती १० लाख रकम बुझाएर मन्त्री अधिकारीकै शेटिंगमा जापान तर्फ हिंडदा यो गति भोग्नु परेको बताएका छन ।
मानव तस्करीमा जोडिएका मन्त्री लिलाबल्लभ अधिकारी कसैलाई पत्तै नदिई जापान कातिक १३ गते जापान हिँडेका थिए । मोरङको क्षेत्र नम्बर २ (२) बाट निरन्तर दुई पटक निर्वाचित एमाले सांसद अधिकारी कानुन व्यवसायीसमेत हुन ।
नक्कली कागज बनाएर तीन जनालाई सँगै लिएर गएपछि जापानको अध्यागमनले डिपोर्ट गरेको आरोप उनी माथि छ । जापान गएको सार्वजनिक भएपछि प्रदेश मन्त्रीपरिषद्बाट भ्रमण स्विकृती नै नभएको खुलेपछि विवाद शुरु भएको बताइएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।अनुसन्धानमा रहेकाहरूमा नक्कली कागजको आधारमा मन्त्री अधिकारीसँग जापान गएर उतै लुक्ने उद्देश्यले गएका तीनजना समेत छन्।
जापानको टोकियो आर्ट काउन्सिलको आयोजनामा हुने ‘कल्चर एट होम’ कार्यक्रममा सहभागी हुन भन्दै मन्त्री अधिकारी कात्तिक १३ मा जापान उडेका थिए, तर औपचारिक अनुमति नलिएको बताइएको छ ।
जापानको कार्यक्रममा पुग्नै नपाई जापानी अध्यागमनबाटै फिर्ता आएका मन्त्री अधिकारी र अनिता तिमल्सिनालाई त्रिभुवन विमानस्थल अध्यागमनले सोधपुछपछि कागज गराएर छाडेको बताइएको छ ।