इटहरी । इटहरी ७ कि अस्तिमाया चौधरी विहानै झिसमिसेमा उठछिन् । सरसामानहरु बोकेर सडक छेउमा रहेको छाप्रोमा लगभग ३ घण्टाजति समय बिताउँछिन् । जाडो याम सुरु भएसँगैं भक्का पारखीहरुको लागि भक्का बनाएर बिक्री गर्ने गरेकी छिन् ।सडकमा मर्निé वर्क हिड्नेदेखि अन्यले जस्लाई भक्का मन पर्छ उनीहरु त्यहीं अस्तिमायाले बनाएको भक्का खाने गर्दछन् ।
तात तातो भक्का अनि टमाटरको अचार त्यो पनि लोकल धनियाँ सिलौटामा पिँधेर तयार गरेको चोब्दै खानेहरु त्यहीँ झुम्मिछन् ।
शुक्रबार विहान साढे पाँच बजे भक्का बनाउन व्यवस्त अस्तिमाया भन्छिन्,“जाडोका सिजन भखरै सुरु भएको छ,भक्का बिक्री गर्न सुरु गरेकी छु,दिनमा झण्डै १३ सय जतिको विक्री गर्छ‘,दिउँसोको समयमा भने मकै पालेर बेच्छु,के गर्नु महँगी छ,घर परिवार पाल्नको लागि केही त गर्नै पर्छ,राम्रै चलेको छ परिवार ।”
खानेहरुले खान्छन अनि घरमा समेत लगेर जाने गरेका छन् भक्का । स्वादिलो अत्यन्तै सस्तो खाजाको रुपमा पनि यो भक्कालाई जाडो याममा लिने गरिन्छ। जुन तराईका जिल्लाका शहर इटहरी,इनरुवा, विराटनगर,दमक लगायतका शहरहरुमा भक्का पाइने गरेको छ ।
पछिल्लो समयमा भक्काको व्यापार पहाडी क्षेत्र सम्म पनि फैलिन थालेको छ ।गणराज्य न्यज डटकी लिला घिमिरेले तयार पारेको यो सामाग्री प्रस्तुत छ ।