मेडिकल ब्यबसायी दुर्गा प्रसाईंलाई प्रधानमन्त्री केपी ओलीकोबारेमा गलत कुरा बोलेको आरोप लगाई प्रहरी हिरासतमा लिएको छ ।
कम्बोडियाको टेलिकम अफिसमा ३२ अर्ब रुपैयाँ शेयर हाल्ने केपी ओली हुन भन्दै पहिला ओलीले नै केन्द्रीय सदस्य बनाएका प्रसाई अहिले ओली बिरुद्ध पानी खोदो गर्दै छन । न्यायलयले पहिलो खेप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको सिआइबी प्रहरीको भनाई उध्रित गर्दै संचारमाध्यामा समाचार आई रहेको छ । मंगलबार दिउँसो भक्तपुरको कमेरोटार स्थित घरबाटै पक्राउ गरेर म्याद थपका लागि अदालतमा पेस गरिएको थियो।
प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको भन्दै साइबर अपराध किर्तेलगायत अन्य कसुरमा पनि अनुसन्धान हुने भनिएको छ । प्रसाईले कम्बोडियामा रहेको टेलिकम एक्जियाटा कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको भन्दै विभिन्न कागजात राखेर भिडियो सार्वजनिक गरेका थिए । उनको पत्रकार सम्मेलनबारे मूलधारका धेरै मिडियाहरुले त्यति चासोपूर्बक समाचार लेखेका छैनन। प्रसाईंले कम्बोडिया काण्डबारे ओली बिरुद्ध सार्बजानिक गरेको कागजातहरु जाली र पूर्बाग्रही रहेको ओली समर्थकहरुले सार्बाजानिक संजालमा टिप्पणी गरेको देखिन्छ ।
पहिलेदेखि नै प्रसाईँमाथि विभिन्न अपराधमा अनुसन्धान भइरहेको छ । बिर्तामोडको बिएमसि अस्पताल संचालक मेडिकल व्यवसायी प्रसाईंलाई रास्वपाकी एक केन्द्रीय सदस्यले दिएको जाहेरीका आधारमा साइबर अपराध सम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । त्यस मुद्दामा प्रसाईं १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका मानिस हुन ।
राजनीतिक क्षेत्रका नेताहरुले आफनो अनुकुल नहुंदा बिपक्षी पार्टीका नेता बिषेशलाई गाली बेइजती गर्दै आफनो पार्टी पक्षिय कार्यकर्ताबाट ताली पाउनु अस्वभाविक कुरो होइन । ओलीसंग सत्तामा हुनु भन्दा पहिले कांग्रेसका गगन थापा र बिश्वप्रकाश शर्माहरुले गिरीबन्धु टी स्टेट काण्ड लगायत अन्य काण्डहरुमा ओलीलाई खुइल्याउदै गरेको गाली प्रसाई भन्दा कम थिएन। ओलीले तीनीहरु र आफनो गतिबिधीको बिरोध गर्ने माओवादी नेता प्रचण्ड लगायत अन्य पार्टी नेताहरुलाई केह गर्न सकेका छैनन।
मौका मिल्दा संगै सरकारमा बसेर मिलिजुली खान तम्सिएकै छन। हाल कांग्रेससंगै मिलेर प्रधानमन्त्री खाई रहेका छन । दुर्गा प्रसाई एउटा ब्यक्तिले आरोप लगाएको भरमा समाएर खोरमा थुन्ने काम ओलीले गरेकोमा जनतामा संसय पैदा भएको छ । आरोप लागेपछि सहि या गलत केहो? रवी लामिछानेलाई जस्तो संदीय छानवीन आयोग नै बनाएर छानवीन गरि प्रष्ट भए भई हाल्योनी ? ओलीले संसदको रोष्टममा उभिएर नेपाली कांग्रेसले ७० बिघा गिरी बन्धुको जग्गा बेचेर खायो भनेको कुरा सहि हो की गलत?त्यसको तथ्य सत्य के छ त? यो आरोप सत्य भए जग्गा बेचेर खानेलाई कारबाही किन भएन? यदि यो आरोप झुटो हो भने ओलीलाई कारबाही किन भएन ? काठमाण्डौका मेयर बालेन साहले पनि ओलीलाई लाई १० हजार करोड खाएको आरोप लगाएका छन ।
बाबुराम भट्टराईले बुढीगण्डकी परियोजनामा ९ अर्ब खाएको आरोप लगाएकै हुन । ओलीले कुलमान घिसिङको खेदो खन्दै उद्योगपतिहरुको बिजुलीको महसुल छुट दिन अनेक हर्कत गरेकै छन । चुनावको बेला एमालेलाई मोटो रकम चन्दा दिएकोले उद्योगिहरुलाई ओलीले बिद्युत महसुल नतिर्न उक्साउदैछन भनेर आरोप लगाउने सारा नेपाली जनता छन । अब ती जनतालाई पनि थुने भयो नी ? आरोप नै लगाउन नपाउने कस्तो नियम? ओलीले घोटाला गर्नै सक्दैन भन्ने हुँदैन उहाँ्लाई लागेको आरोप पहिलो पटक होइन अनुसन्धान हुनै पर्दछ ।
विष्णु पौडेल माथि आरोप लाग्दा पनि यस्तै यस्तै कुतर्क गर्ने धेरै एमाले नेता कार्यकर्ता थिए तर विष्णु पौडेलले गल्ती गरेको कुरा आत्मसाथ गर्दै ललिता निवासको जग्गा फिर्ता गरेको सबैलाई थाहा छ । पानीको ड्रममा पैसा लुकाउने भन्दै एमाले नेता इश्वर पोखरेल मुछिएको छानवीन खोई? ओलीकै कार्यकालमा देश एसिया कै चोर देश घोषित भएको रिपोर्ट आएको नै हो । त्यो रिपोर्ट बनाउनेलाई जेल हालको खोई ? ओलीकै पालामा देश एसियाको गरीब देश भनिएको नै हो त । लोकतन्त्रमा बोल्नै नपाइने गरि सत्ताको हैकम देखाएर प्रसाईहरुलाई थुन्ने काम उचित छैन ।
गलत सुचना भए । उनलाई जनताले नै सजाय दिन्छन। उनीमाथिको बिश्वास टुटेर एक्लो हुन्छन। ओली आफु सहि भए लागेका आरोपको निरुपण हुनेगरी आयोग चाहिएको छ । जनताले यही चाहाना राखेका छन ।