खोटाङ — मिर्गौला रोबाट पीडित ११ वर्षीय राजन मंग्राती नामक बालकका आफन्तले उपचारमा पैसा नभएकोले सहृदयीबाट सहयोगको याचना गरेका छन । खोटांगको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका ११ वर्षीय  मंग्रातीको किडनीले काम गर्न नसकेपछि उपचारका लागि उनका परिवारमा रुवाबासी चलेको छ ।  

 उनकी आमा चन्द्रकुमारी मंग्रातीका अनुसार बायाँपट्टिको मिर्गौला बिग्रिएपछि उपचारका लागि सहयोगको याचना गरेकी  हुन । ५–६ वष अर्घि देखि बिरामी राजनलाई हाल सिकिस्त भएपछि कात्तिक २१ गते दिक्तेलस्थित फेमिली केयर अस्पतालमा उपचारमा लगिएको थियो ।

अस्पतालले मृगौलामा खराबीको मात्रा बढदै आएकाले सुविधा सम्पन्न अस्पताल लैजाने सल्लाह दिएको भन्दै चन्द्रकुमारी भन्छिन । ‘श्रीमान तीन वर्षअघि बित्नुभयो ‘अब जीवनको सहारा भनेकै यही हो । यो पनि बिरामी भएपछि उपचार गर्ने पैसा छैन ।

‘दसैं तिहार चेलीलाई उपहार’ अभियानमा संकलित  एक लाख १६ हजार ३० रूपैयाँबाट  एक लाख पाँच हजार आठ सय ७५ रूपैयाँ खर्च गरी बचेको रकम   ’   दश हजार एक सय ५५ रूपैयाँ  उपलब्ध गराएको समाजसेवी सञ्जयकुमार राईले बताए । स्थानीय महेन्द्रोदय माविमा कक्षा–५ मा अध्ययन गर्ने बिध्यार्थी मंग्रातीलाई अन्य सहृदयीबाट सहयोग जुटाउन अभियान सन्चालन गर्ने राईले बताएका छन  ।