धनकुटा । धनकुटा नगरपालिकाले स्थानीय उत्पादनको प्रवद्र्धन र किसान एवं उद्यमीहरुलाई प्रोत्साहनका लागि लागु गरेको कार्यक्रम अनुसार एभोकाडोसहित स्थानीय उत्पादनहरुको प्रदर्शनी गरिएको छ ।

 नगरपालिकाको प्राङ्गणमा मगलबार एक दिने प्रदर्शनी आयोजनामा पूर्व राज्यमन्त्री एवं प्रदेश सभा सदस्य निरन राईले दिप प्रज्वलन गरेर प्रदर्शनी उद्घाटन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि सांसद निरन राई, जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङ, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ लगायतले प्रदर्शनीले स्थानीय उत्पादनको प्रवद्र्धनमा सघाउ पुर्याएको धारण“ राखेको कुरा कांगेस यूवा नेता बिजयसन्तोषी राईले बताए । 

पाच बर्षअघि नगरलाई एभोकाडोको राजधानी घोषणा गरेर धनकुटा नगरले यसको प्रवद्र्धनमा विभिन्न गतिविधि गर्दै आएको छ । धनकुटामा अहिले ४ हजार ९ सय २६ परिवारले १२ हजार ९९ रोपनी क्षेत्रफलमा एभोकाडो खेति गर्दै आएका छन् । प्रदशनीमा स्थानीय किसानले फलाएका फलफूल, तरकारीसहित स्थानीय उद्योगले उत्पादन गरेका वस्तुहरु राखिएको बताउदै राईले बताए अनुसार २२ वटा स्टल प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनीमा एउटै एभोकाडो १ किलो २३० ग्राम सम्मको थियो ।