इटहरी । नेपाली कांग्रेस कोशी प्रदेश कमिटीको आयोजनामा  मङ्सिर २२ गते बिराटनगरमा हुने कोशी प्रदेश सम्मेलन  तयारीका लागि प्रदेश प्रतिनिधि प्रदेश सक्रिय भएका छन ।   

पार्टी केन्द्रीय सदस्य श्रीमती अन्जना राईको अगुवाईमा  सुनसरी छेत्र नम्बर २  प्रदेश सभाका सभापति शुभेच्छुक देवान, महाअधिबेसन प्रतिनिधि बिकाश केसी, कोशी प्रदेश सद्स्य केशब भट्टराई, किसान महासंघ कोशी प्रदेश सदस्य क्षत्रीय प्रतिनिधि श्री गणेश गौतम, किसान महा  संघ २ नम्बर क्षेत्रीय सभापति डम्बर बस्नेत, युवा नेताहरु  बिग्यान राई, धुर्ब ढकाल लागायत नेताहरुसंग  बृहत छलफल गर्नु भएको प्रदेश सदस्य केशब भटटराईले बताएका छन ।

मंसीर २२ गतेको कोशी प्रदेश सम्मेलन भब्यता पुर्बक सम्पन्न गर्न गराउन सबैलाई सहयोग गर्न आग्रह गरिएको भन्दै नेता भटटराईले अब केही दिनमा पुणर् बैठक बसी आबाश्यक प्रकृया सुरु गरिइने बताउनु भयो ।