धनकुटा, मंसिर ३ गते ।

 कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान थालेको छ । अबैध रुपमा लगाएका तथा आफै उम्रेका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार मंसिर २ गते  इलाका प्रहरी कार्यालय छिन्ताङबाट परिचालन भएको प्रहरी टोलीले  शहिदभूमी-५ को विभिन्न एरिया इलाकाको १३ रोपनी क्षेत्रफलमा उम्रिएको ९ हजार ३०० वटा गा“जाको बोट नष्ट गरेको जनाएको  छ । धनकुटा जिल्लाको बिभिन्न स्थानमा प्रकृतिकरुपमा डा“डा पाखाहरुमा आफै उम्रेको गाजाको बोट तथा बेर्नाहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको यो पहिलो अभियान होइन । 

साख्गुरीगढी-८ स्थितमा ५ रोपनी क्षेत्रफलमा उम्रिएको ७ हजार गाजाको बोट इलाका प्रहरी कार्यालय भेडेटारले र  पाख्रीबास-१० स्थितमा ६ रोपनी क्षेत्रफलमा रहेको ७ हजार बोट प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले फडानी गरी नष्ट गरेको छ ।

शहिदभुमी-२ को विभिन्न ठाँउहरुमा उम्रेका २ हजार ५०० बोट प्रहरी चौकी त्रिवेणीले र शहिदभुमी-६  को विभिन्न ठा“उहरुमा उम्रेका ८००  वटा गाँजाको बोट प्रहरी चौकी आँखीसल्लाले नष्ट गरेको रेडियो पत्रकार पत्रकार सरिता बराइलीले पठाएको समाचारामा उल्लेख छ  ।