काठमाडौँ । नेपाली कथानक चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक कमाउने नेपाली फिल्मको इतिहास रचेको छ । चलचित्रले प्रदर्शनको १३ औँ दिन मंगलबारसम्म आइपुग्दा देशैभरीबाट २५ करोड ४ लाख रुपैयाँ कमाएको छ । 

यसअघि धेरै कमाउने फिल्ममा नाम लेखेको ‘कबड्डी ४’को रेकड समेत तोडेको हो ।वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले मंगलबार मात्र करोड ५ लाख रुपैयाँ कमाएको बताएको छ । विजय बराल स्टार फिल्मले धेरै कमाउने घरेलु फिल्मको रूपमा इतिहास रचेको हो ।

निर्माताले दिएको आधारमा कबड्डी ४ को कलेक्सन २३ करोड ५० लाख र चलचित्र विकास बोर्डले दिएको तथ्यांकको आधारमा २१ करोड ३८ ला० छ ।फिल्मले सर्वाधिक कलेक्सनको रूपमा मात्र इतिहास रचेन । सर्वाधिक शो पाउने, छोटो समयमा धेरै कमाउने लगायत विभिन्न रेकड समेत कायम गरेको छ ।