काठमाण्डौ ।नेपालले आइसिसी यु १९ टी २० महिला विश्वकपमा स्थान बनाउन सफल भएको छ।एसियाली छनोटको अन्तिम खेलमा बुधबार यूएईलाई ८ विकेटले हराउँदै नेपालले पहिलोपटक विश्वकपमा स्थान बनाएको हो।
यस अघि युएईको अजमानमा घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रनको मध्यम योगफल तयार गरेको थियो । जवाफमा नेपाल १४ दशमलब ४ ओभरमा २ विकेट गुमाएर बिजयी लक्ष्य पुरा गर्दै विश्वकपमा छनोट हुन सफल भएको हो।
नेपालमा ६ खेलमा ५ जितसंगै समूहमा पहिलो हुँदै विश्वकपमा छनोट भएको हो। युएइले पनि ६ खेलमा ५ जित हासिल गरेर १० अंक पाएपनि रन रेटमा नेपाल युएइ भन्दा माथि रहेकाले ४ देशबीचको छनौट खेलमा नेपाल पहिलो भएको हो।
विश्वकप २०२५ जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुनेछ। नेपाल विश्व कपमा समूह डी मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै रहेको छ। विश्व कपमा नेपालको पहिलो खेल १८ जनवरीमा बंगलादेशविरुद्ध रहेको छ।
आज युएइविरुद्ध नेपालको लागि साना प्रविनले सबै भन्दा आउट ३५ तथा कप्तान पुजा महतोले १८ रन बनाए। त्यसैगरी साबित्री धामीले १२ रन तथा सोनी पाख्रीनले १३ रन बनाए। त्यसअघि पहिला ब्याटिङको गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो।युएईका लागि कप्तान समाइरा धारनीधार्काले सबै भन्दा वढि ३१,रिनिथा रञ्जिथाले २० तथा इन्दुजा नन्दकुमारी र लाभन्या केन्याले समान १० रन बनाए।
नेपालका लागि कृष्मा गुरुङले ४ विकेट लिइन।उनले एउटै ओभरमा ३ विकेट लिएकी हुन।त्यसैगरी रिया शर्मा र सिमाना केसीले दुई दुई तथा रचना चौधरीले १ विकेट लिए।