इनरुवाबाट  १६ जना जुवाडे  २ लाख ८३ हजार सहित पक्राउ

इटहरी । सुनसरीको इनरुवाबाट जुवा खेलिरहेको अवस्थामा १६ जना जुवाडे पक्राउ परेका छन् । 

इनरुवा प्रहरीका अनुसार इनरुवा ६ बलाहबाट जुवा खेलिरहेका १६ जना व्यक्तिहरूलाई नगद २ लाख ८३ हजार ९ सय ६५ सहित पक्राउ गरेका हुन् ।

अवैध रूपमा जुवा तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी अधिकृतको टोलीले उनीहरूलाई शुक्रवार राती पक्राउ गरेको जनाइएको छ । 

पक्राउ पर्नेमा इनरुवा ६ का उग्र नारायण चौधरी, तीर्थराज अधिकारी, झगरु चौधरी, ईन्देश सरदार, गौरव कोइराला, बालकृष्ण कोइराला, दिनेश पोखरेल, अमित कार्की, सुमन विश्वकर्मा, जीवन तामाङ, गोपाल बहादुर चौहान, राजीव दुलाल, श्रवणकुमार तामाङ, युजिन कोइराला रहेका छन् ।

यस्तै पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका १३ का नेमलाल र इटहरी १२ का भरत कटवाल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

नियन्त्रणमा लिएका उनीहरूलाई  जिल्ला प्रहरी कार्यालयमा ल्याई विस्तृत अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।