इटहरी
रोजगारीको निम्ति बिदेश गएको अबस्थामा कसैको मृत्यु भएका त्यस्ता श्रमिकको परिवारलाई १० लाख रुपैयाँ राहत स्वरुप दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
वैदेशिक रोजगार नियमावली २०६४ को छैटौँ संशोधन गर्दै आर्थिक सहायता रकम वृद्धि गरेको सरकारले जनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाका अनुसार वैदेशिक रोजगारीमा मृत्यु हुनेका परिवारलाई सात लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था पहिला पनि थियो उक्त रकम बढाएर अहिले १० लाख रुपैयाँ पु¥याइएको हो । आर्थिक सहायता वैदेशिक रोजगार बोर्ड मार्फत प्राप्त हुन्छ ।
निरौलाले बताए अनुसार श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएको कामदारको करार अवधिमा वा करार अवधि समाप्त भएको एक वर्षभित्र कुनै कारणले मृत्यु भएमा मृत्यु भएको एक वर्षभित्र मृत्यु भएको प्रमाणित हुने कागजातसहित मृतकको नजिकको हकवालाले आर्थिक सहायताका लागि बोर्डमा निवेदन दिनुपर्ने व्यवस्था छ ।
श्रमिकको कुनै कामको क्रममा अङ्गभङ्ग भएमा सात लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । तर अधिकांस कामदार बर्गलाई यो ब्यबस्थाबारे जानकारी छैन । तथापी कसैले जानकारी दिएर उक्त ब्यबस्थाबारे सोधखोज गर्न जाँदा सरकारी कर्मचारीले अल्याङ टल्याङ गरि पन्छाउने गरेको कारण रकम प्राप्त गर्न नसकी रहेका समाचारहरु आइ रहेका छन ।
तकको शव नेपाल झिकाउन र शवलाई घरसम्म पु¥याउन र दाहसंस्कारका लागि परिवारलाई २५ हजार रुपैयाँ आर्थिक सहायता गर्दै आएको छ । बिदेश जानेको करार अवधि तीन वर्षसम्मको भएमा एक हजार ५०० रुपैयाँ र तीन वर्षभन्दा बढीको भएमा दुई हजार ५०० रुपैयाँ कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको हो ।
खाडी र मलेसियामा जाने श्रमिकले कल्याणकारी कोषमा १५०० रुपैयाँ जम्मा गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ भने जापान, कोरिया, इजरायल लगायतका मुलुक जाने श्रमिकले २५०० रुपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था छ ।