सहकारी ठगीको आरोप लगाएर पुर्ब उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेलाइ पक्राराउ गरेपछी रास्ट्रीय स्वतन्त्र पार्टी आन्दोलनमा छ।रवी लामेछानेले राजनीतिक पार्टी खोलेर त्यसको सभापती हुनु भन्दा अगाडि पत्रकारिता गर्ने क्रममा ग्यालेक्सी टेलिभिजन चलाउने सस्था गोर्खा मिडियामा आएको रकम सहकारीको हो भन्ने प्रतिबेदन सम्सदीय छानवीन समितिले तयार गरेर सरकारलाई बुझाए पछि रवी लामिछानेलाई कास्की जिल्ला अदालतले पक्राउ गराइ पुलिस हिरासतमा राखेको छ।लामीछानेको पार्टिले सघमा २० सिट हात पारेर चौथो ठूलो दल भएको हो।सभापती लामिछाने अमेरिकी नागरिक भएको भन्दै साम्सद जिते पछि पनि मुद्दा लागे पछि सम्सद गुमेर पुन चुनाव जितेका हुन।यो सरकार अघि प्रचन्ड प्रधानमन्त्रीत्वको सरकारमा रवी गृहमन्त्री थिए।पोखरा,बुटवल,चितवन र काठमान्डौमा सहकारी ठगी गरेको भनेर ६४ करोड रकम सम्बन्धमा बिबादित बनेका रवीले सहकारीमा आफू सम्लग्न नभएको र टेलिभिजन प्रसारण सस्था गोर्खा मिडिया नेट वर्कमा आफू कर्मचारी मात्रै रहेको दावी गरि आरोप अस्विकार गरेका छ्न। सहकारीमा जोडिएका जिबि राई गोर्खा मिडियाको पनि अध्यक्ष रहेको र सहकारीमा बचत सद्स्यको रकम हिनामिना गरि हाल फरार सुचिमा रहेकोले जिबि राई नसमातिउन्जेल खास तथ्य के होरु बुझ्न कठिनाइ हुने स्थिती जान्दाजान्दै सरकारले रवी माथी राजनितिक पुर्बाग्रह राखेर व्यवहार गरेको रासस्वपाको भनाइ छ।रास्वपा हाल दिनहु रबिको रिहाइको निम्ति आन्दोलित छ।प्रहरीले दमन गरे पनि बेवास्ता गर्दै नराजुलुस गरि सरकारलाई भ्रस्टचारीको सङ्या दिदै छ।सरकार सन्चालक एमाले अध्यक्ष केपि ओली र काङ्रेसका सभापती शेर बहादुर देउवाले सहकारी ठगी गर्ने आफ्नै पार्टीका मान्छेलाइ जोगाएर फरक बिचारको पार्टिप्रती दुराग्रह राखेको भन्ने रास्वपाको भनाइ छ। हुन पनि आर्थिक रुपमा डुबेर बचत कर्ताहरु ठगिएका थुप्रै सहकारीहरुमा एमाले र काङ्रेसका नेताहरु मुछिएकै छ्न।काङ्रेस उपसभापती धनराज गुरुङले ललितपुरको मितेरी सहकारीबाट १४ करोड ऋण लिनेक्रममा श्रीमती ज्योती गुरुङलाई भगाएर अमेरिका पठाएको र यता छोडपत्रको कागज देखाइ उन्मुक्ती पाउने दाउ गर्दै छ्न।एमालेका साम्सद रिसिकेश पोखरेलले मोरङको कर्सियामा रहेको माता गौरी कृषि सहकारीमा श्रीमती अन्जला कोइराला मार्फत १३ करोड हाराहारीको रकम हिनामिना गरेको स्थिती हुदा हुँदै उनिमाथी छानवीन भएको छैन।पोखरेल साम्सदमा सार्बाजानिक लेखा समितिको सभापती हुन।उत्ता रास्ट्रपती रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुवर पनि जिबि राई सम्लग्न सहकारीको सल्लाहकार साथै अन्य विभिन्न कम्पनिको शेयर पार्टनरको रुपमा रहेर रकम हिनामिना गरेको आरोप आइ रहदा उनिमाथी कुनै कार्बाही भएको छैन। सरकारले आफू निकट बिचार वालालाइ जस्तो सुकै गल्ती गरे पनि नचलाउने तर फरक बिचारका जतिलाइ थुन्ने ,मुद्दा लाउने ,बेइजती गर्ने ,दुख्ख दिने काम गर्नु उचित होइन।यस्तो त राणा शासन र पन्चायतकालमा राजामहाराजाले गर्थे ।अहिले लोकतन्त्रको कालमा केपि ओली र शेर बहादुर देउवाले गरेको काम कर्म ले त्यस्तै त्यस्तै झल्को दिदैछ। जनता पनि यिनिहरुबाट आजित छ्न।राजनितिक दुराग्रह नराखीकन दोसिलाई सजाय र निर्दोसलाई न्याय दिने तर्फ ध्यान नदिने हो भने लोकतन्त्र पनि राणा ,राजा र पन्चायत जस्तै धुलिसात हुने छ।त्यसैले जिम्मेवार सम्हाल्ने दल र नेताहरु होसियार