इटहरी ।इटहरी उपमहानगरपालिकामा खुल्ला विद्यालय स्तरीय खुल्ला लोकनृत्य प्रतियोगिता भएको छ ।
लोक ,कला र संस्कृतिलाई जगेर्ना गर्ने उद्धेश्यले नगर स्तरीय भएको उक्त प्रतियोगितामा राष्ट्रिय मावि प्रथम भएको छ ।
प्रतियोगिातको आयोजान राष्ट्रिय जागृति क्लब इटहरीले गरेको हो । प्रतियोगितामा प्रथम हुनेले २० हजार, तृतीय हुनेले १५ हजार र तृतीय हुनेले १० हजार प्रदान गरेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा इटहरी क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयहरूले सहभागिता जनाएका थिए । कार्यक्रममा सम्मानित वरिष्ठ गायिका तारा थापाले आफ्ना लोकप्रिय गीत समेत गाएकी थिइन् । कार्यक्रममा नव प्रतिभा सिमला धितालले समेत गीत प्रस्तुत गरिन ।