इटहरी /   तिहारको बिदा सकिए लगत्तै छ्ठ पर्व अनि नियमित शनिबार समेत ४ दिनको लामो बिदाको बेला सरकारी साधन स्रोत दुरुपयोग गर्ने कर्मचारीहरु जताततै देखिएका छ्न।बिदाको बेला सरकारी कार्यालय बन्द हुने र काम गर्ने कर्मचारी स्वतस् निष्क्रिय हुने हुदा  जनताको तिरोबाट खर्चिने इन्धनको बचत साथै सवारी साधनको मर्मत सम्हार अनि मबिल लगायतको खर्च जोगिइने अबस्था रहन्छ।कर्मचारीले अनुशासनमा चलेर सरकारको ढुकुटी जोगाउनु पर्नेमा उल्टै केही कर्मचारीले बिदाको नियम उलङ्गघन गरि सवारी साधनको दुरुपयोग बढाएका छ्न।

         तस्बिरमा देखिएको मोटरसाइकलको नम्बर प्लेट हेर्दा त्यसमा सवार यी ब्यक्ती इटहरीको जनता बस्ती स्थित पिपल चोकमा यो मोटर साइकल चलाएर आएका हुन।शनिबार लाग्ने हटिया भर्न सरकारी नम्बर प्लेटको बाइक कुदाउने कर्मचारी को हुनरु चिन्न सकिएन।सोध्न खोज्दा परपरै रहेर लुक्ने स्थितिमा पुगे।सडक किनारको अघोशित पार्किङ गराएर फोन गर्ने नाममा साइड लागेका ती कर्मचारी निस्फिक्री दौडी रहेका थिए।उनलाइ   सम्बाददाताले झन्डै दुई किमि टाडाबाट पिछा गर्दै आउदा जनता बस्तीमा रेस्ट पाएको थियो। 

              यो बाइकको रिपोर्टिङ सकेर जनताबस्तिबाट बाहिरीएको सम्बादाताले इटहरी रिजाल टासी इन्डस्ट्रीज अगाडि ट्राफिक अफिस नजिकैबाट कलङ्की चोक कटेर जाने अर्को एउटा  सरकारी स्कुटी फेला पार्यो।दुई जना लोग्ने मान्छे चढेको यो स्कुटिको नम्बर ३२३४ कोशी प्रदेश रहेको थियो।